दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो
 
	
				
			दैलेखबाट कालीकोट जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
हिजो दिउँसो भएको दुर्घटनामा नौमुले गाउँपालिका–३ द्वारीकाका २८ वर्षीय शशिराम पुन मगरको ज्यान गएको हो ।
निर्माण सामग्री लिएर दैलेख सदरमुकामबाट कालीकोको डिल्लीकोट जाँदै गर्दा ना ७ त ४४७७ नम्बरको ट्र्याक्टर नौमुले गाउँपालिका–२ गेरुपानीको भिरबाट खसेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया