Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

पेरुमा निर्धारित समयअघि नै चुनाव गर्ने राष्ट्रपतिको अनुरोध संसदद्वारा अस्वीकार


पेरुमा निर्धारित समयअघि नै चुनाव गर्ने राष्ट्रपतिको अनुरोध संसदद्वारा अस्वीकार

पेरुमा निर्धारित समयभन्दा पहिले नै आम चुनाव गर्न राष्ट्रपतिले गर्नुभएको अनुरोध संसदले अस्वीकार गरेको छ । आउँदोे डिसेम्बरमा आम चुनाव गर्न राष्ट्रपति डिना बोलुआर्टेले गर्नुभएको अनुरोध पेरुको संसदले अस्वीकार गरेको समाचार संस्था एपीले जनाएको छ ।

राष्ट्रपतिले चुनावका लागि गर्नुभएको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ । गएको महिना सदनले सन् २०२६ मा हुनुपर्ने चुनावलाई आउँदो वर्ष अप्रिलमा गर्न सहमति जनाएको थियो । तर पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई पक्राउ गरेपछि देशभर राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन भएका छन् ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका झडपमा ४७ नाो ज्यान गइसकेको छ । विरोध प्रदर्शनका कारण धेरैजसो सडक बन्द भएका छन् । खाद्यान्न, इन्धन लगायत अरु आधारभूत वस्तुको अभाव भएको छ । पेरुको स्वतन्त्र मानवअधिकार कार्यालयले सडकमा भएको अवरोधका कारण उपचार नपाएर दुई जना शिशुसहित १० जना सर्वसाधारणको ज्यान गएको जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode