Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजार बढी रुसी सैनिकको ज्यान गयो


युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजार बढी रुसी सैनिकको ज्यान गयो

युक्रेनसँगको युद्धमा दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको ज्यान गएको छ । युद्धमा ७० हजार १ सय १२ रुसी सैनिकको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । सन् २०२२ मा शुरु भएको युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैनिकको ज्यान गएको पाइएको बीबीसीले गरेको अध्ययन तथ्याङ्कमा उल्लेख छ ।

ज्यान गुमाउनेमा सैनिक, अर्धसैन्य बलका लडाकु तथा हतियार बोकेका नागरिक समेत छन् ।

ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । यो सङ्ख्यामा रुसी कब्जामा रहेका दोनेत्सक तथा लुहान्स्कका मिलिसियाको विवरण समावेश गरिएको छैन ।

पुष्टि भएका मृतकमध्ये १३ हजार ७ सय ८१ स्वयंसेवक छन् । सबैभन्दा धेरै पूर्व कैदीले ज्यान गुमाएका छन् जसलाई अपराध माफी गर्ने शर्तमा रुसले युक्रेनमा लड्न पठाएको थियो । यस्तै युद्धमा मारिने युक्रेनी सैनिकको संख्या पनि निकै ठूलो रहेको अनुमान गरिएको छ ।

गत फेब्रअरीमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकले आफ्ना ३१ हजार सैनिक मारिएको बताउनुभएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode