लाइसेन्सप्राप्त हतियार सरकारी कार्यालयमा लैजान नपाइने
 
	
				
			काठमाडौं– लाइसेन्स प्राप्त हतियार सरकारी कार्यालयमा लैजान नपाइने भएको छ । सोमबार राजपत्रमा एक सूचना जारी गर्दै लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकिएको छ ।
सूचनामा हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ल दिएको अधिकार प्रोग गरी लिएको हतियार दफा ३ बमोजिम राख्न पाउने उल्लेख गरिएको छ ।
तर दफा ४ र ५ बमोजिम यात्रा लाइसेन्स लिए पनि यात्रा अनुमति नलिएका हतियारहरु घर बाहिर लैजान नमिल्ने उल्लेख गरिएको छ ।
त्यसैगरी यात्रा अनुमति लिएका हतियार समेत न्यायिक निकाय, संसद भवन तथा परिसर, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक क्षेत्र तथा शैक्षिक स्थल, सिनेमा हल, व्यवसायिक भवन, हाट बजार तथा सपिङ मल, सभा जुलुस भको ठ हतियार लैजान नपाउने उल्लेख गरिएको छ ।
त्यस्तै पुरातात्विक र संरक्षित स्थल, बाल सुधार गृह, हतियारको इजाजत लिएको कार्यालयमा इजाजत पत्र नवीकरणका लागि ल्याउने र लैजाने प्रयोजन बाहेक सरकारी कार्यालयहरु र प्रचलित कानूनले निषेधित गरेका अन्य क्षेत्रहरुमा लैजान नमिल्ने उल्लेख गरिएको छ ।
क्याटेगोरी : राष्ट्रिय

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया