विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले रोहितकुमार पौडेलको कप्तानीमा हिजो १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
सन्दीप लामिछाने १२ महिना पछि ए फर्किएका छन् । सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउद पनि झण्डै १४ महिना पछि नेपालको एकदिवसीय टोलीमा परेका छन् ।
यस्तै टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के।सी।, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र देव खनाल रहेका छन् । विश्वकप लिग दुई अन्तर्गत क्यानडामा हुने त्रिदशय ्ृ्लम घरेलु ो, नेपाल र ओमान सहभागी हुँदैछन् ।
प्रतियोगिता यही भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ । यो प्रतियोगितामा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ गते क्यानडा र असोज ८ गते ओमानसँग रहेको छ । सबै खेल नेपाली समयअनुसार वेलुका पौने ८ बजे शुरु हुनेछ ।

अधिकारी पश्चिम रैवारको सह सम्पादक हुन् । रेडियो बान्नीगढीमा समाचार सम्पादक समेत रहेका उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : खेलकुद, सुदूरपश्चिम
प्रतिक्रिया