Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय अछामको ७४ अंक


कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय अछामको ७४ अंक

देशभरका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकनमा अछाम ८० दशमलव १८७५ अक सहित ७४ औं स्थानमा रहेको छ ।

गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०÷८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय अछाम ७४ औँ स्थन रहेको छ ।

देशभर ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ । कार्यालयहरु मध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला ्श सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ ।

रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १० को सूचीभित्र परेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode