अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण, चुनावी अभियान प्रभावित हुने

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ ।
राष्ट्रपति बाइडेनलाई कोरोनाको लक्षणसमेत देखिएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले जानकारी दिनुभएको छ । उहाँकाअनुसार बाइडेनलाई अब आफ्नै निवासमा कोठाभित्र इसोलेसनमा राखिने छ ।
राष्ट्रपति बाइडेनले कोरोनाको खोप प्याक्सलोभिडको पहिलो डोज लिईसक्नुभएको बीबीसीले जनाएको छ । अमेरिकामा चुनावी गतिविधि चर्कीरहेको बेला बाइडेन कोरोना सङ्क्रमण भएपछि उहाँको चुनावी अभियान प्रभावित हुने भएको छ ।
८१ वर्षीय बाइडेनमाथि उम्मेदवार नबन्न चर्को दबाव छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया