Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागी तुर्माखादको यस्तो रणनिति : के सम्भव होला ?


सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागी तुर्माखादको यस्तो रणनिति : के सम्भव होला ?

अछामको तुर्माखाँद गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न गाउँपालिकावासीलाई आग्रह गरेको छ ।

पछिल्लो समय जिल्लाभर सामुदायिक विद्या ्थी अभावमा रित्तिँदै गएको अवस्थामा गाउँपालिकाले नयाँ विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशन गर्दै जनप्रतिनिधि, कर्मचारी र शिक्षककालाई आआफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन आग्रह गरेको हो ।

सामुदायिक विद्यालयप्रतिको घट्दो आकर्षणलाई उकास्न आफ्ना छोराछोरीलाई आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गरेर अध्ययन गराउन अनुरोध गरिएको गाउँपालिक अ्कष मब बिसीले जानकारी दिए ।

उनले भने, ‘गाउँपालिकाको आर्थिक वर्ष २०८०८१ को वार्षिक नीति तथा कार्यक्रम एवं पुस १२ को गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरिएको छ । सो सूचनाको बेवास्ता गर्दै उहाँहरू सबैले निजी विद्यालयमा भर्ना गरे उहाँहरूले पाउने तलब, भत्तालगायत सेवा सुविधा रोक्का गर्छौँ ।’

गाउँपालिकाले लागू गरेको यस व्यवस्थाले शिक्षक, कर्मचारी जन्रिििलाई आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन रोक लगाएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि गाउँपालिकाले अवलम्बन गरेको नीतिलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, शिक्षा प्रेमीलगायत सरोकारवालासँग सार्वजनिक सूचनामार्फत अपिल गरेको छ ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode