Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अछाममै पहिलो पटक स्लो बाइक रेस प्रतियोगिता विनायकमा सम्पन्न


अछाममै पहिलो पटक स्लो बाइक रेस प्रतियोगिता विनायकमा सम्पन्न

अछाम जिल्लामै पहिलो पटक स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको विनायक बजारमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी पञ्चदेवल विनायक उपशाखाको आयोजनामा भएको सलो बाइक रेस प्रतियोगितामा ५४ जना प्रतियोगी सहभागी भएका थिए ।

१०० मिटर दुरीको स्लो बाइक रेस प्रतियोगितामा सोही नगरपालिका वडा नम्बर ४ कालिकास्थानका नीराजन शाही प्रथम , वडा न ३ विनायकका केशवराज अधिकारी द्वितीय वडा नम्बर १ का हृदयराज ढकालले तृतीय स्थान ओगटेका छन् ।

प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेले प्रमाण पत्र सहित क्रमशः १० हजार,७ हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

रेडक्र सोसाइटी पञ्चदेवल विनायक उप शाखाका सभापति लोगराज ढकालको अध्यक्षतामा भएको प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अम्बिका चलाउने रहेकी थिइन् ।

दसैँको अवसरमा मनोरञ्जनसँगै चेतनामूलक कार्यक्रम आयोजना गरिएकोप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि रचनात्मक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिइन् ।


क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode