Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

अव जयगढ बजार हरेक महिनाको अन्तिम शनिवार बन्द हुने


अव जयगढ बजार हरेक महिनाको अन्तिम शनिवार बन्द हुने

जयगढ बजार व्यवस्थापन समितिको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर शेट्टिको अध्यक्षतामा शनिवार बिभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

बैठकको निर्णयअनुसार जयगढ बजार हरेक मि अन्तिम शनिवार बन्द गरिने भएको छ ।

यस्तै जयगढ बजारको सडक क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन अटो,जिप,बस लगायतका सवारी साधन पार्किङमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको छ ।

निर्णयको उलंघन गर्ने सवारी साधनहरूलाई पहिलो पटक पाँच सयका दरले जरिवाना गर्ने र पटक पटक अटेरी गरेमा अन्य कानुनी कार्वाहि गरिने निर्णय गरिएको छ ।

यस्तै बजारको सडक तथा सार्वजनिक क्षेत्र मिचेर बिभिन्न ामाग्री तथा टहरा राखेमा पनि पहिलो पटक पाँच सय जरिवाना गरिने र पटक पटक नियम उलंघन गरेमा थप कडा कार्वाहि गरिने भएको छ ।

बैठकमा समितिका कोषाध्यक्ष रेवन्ती ठकुल्ला साउँदले प्रस्तुत गरेको जयगढ बजार व्यवस्थापन समितिको आयोजनामा सम्पन्न भएको देउडा खेल र कृष्ण जन्माष्टमी मेलाको आय व्याय सार्वजनिक गरिनुका साथै पारित गरिएको बताईएको छ ।

बैठकको संचालन सचिव उपेन्द्र खड्काले गरेका थिए ।


क्याटेगोरी : अर्थ-वाणिज्य, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode