Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

स्वास्थ्य

बान्नीगढी गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणाका लागी तयारी तीव्र


बान्नीगढी गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणाका लागी तयारी तीव्र

बान्नीगढी जयगढ गाउँपालिकालाई निकट भविष्यमै पोषणमैत्री पालिका घोषणा गर्न आवश्यक तयारी अगाडी बढाइएको छ ।

जस अन्तर्गत पालिकाका २ वटा वडालाई असार मसान्त अगावै पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्यका साथ आवश्यक कार्यक्रममा तीव्रता दिइ ।

वडा नम्बर १ गाँज्रा र वडा नम्बर ४ तिमिल्सैनलाई यसै असार मसान्तसम्म पोषणमैत्री वडाका रुपमा घोषणा गर्ने तयारी अगाडी बढाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त रावलले बताएका छन् । गाँज्रा र तिमिल्सैनलाई पोषणमैत्री वडा घोषणाका लागी भइरहेका प्रयासबारे बुधवार एक कार्यक्रमका बिच सरोकारवालालाई जानकारी गराइएको छ ।

बहु क्षेत्रीय पोषण योजना अन्तर्गत पालिका स्तरीय पोषण तथा ादय सुरक्षा निर्देशक समितिको बैठकमा पालिकामा बहु क्षेत्रीय पोषण योजनाको अवस्था र संचालन भइरहेका गतिविधिबारे जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले पोषणमैत्री पालिका घोषणाका लागी आवश्यक गतिविधि संचालन तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोषणमैत्री वडा घोषणाका लागी बिभिन्न सूचकहरू पुरा गर्न संचालन गरिने गतिविधि निष्पक्ष रुपमा संचालन गर् उनले सवैमा आग्रह गरेका छन् ।

बाईट : टेक बहादुर साउँद

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल,वडा अध्यक्ष ,कार्यपालिका सदस्य,प्रमुख प्रशासकीय अधिकृत ,शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

बैठकमा बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पालिकाका बिभिन्न शाखाहरू मार्फत ंचान इहेका गतिविधिबारे शाखा प्रमुखहरूले जानकारी गराएका थिए । भने कार्यक्रमको संचालन पोषण सहजकर्ता सिर्जना खड्काले गरेकी थिइन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode