Hikmat Acharya
  • १७ कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु, दुइ घाइते


दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जन दिए। चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन्।

मीना र नरेश आमा छोरा हुन्। सोमवार साँझ साढे ६ बजेतिर खेतमा काम गरिरहेका बेला उनीहरुलाई चट्याङ लागेको थियो। चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode