सुनको भाउ २ हजार रुपैयाँले घट्यो
सुनको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ २ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८० रुपैयाँ थियो ।

थापा पश्चिम रैवारको डेस्क सम्पादक हुन् । उनी समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम






प्रतिक्रिया