Techie IT
  • १ पुस २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु


कैलालीमा स्कुल बसको ठक्करबाट  बालकको मृत्यु

धनगढी: कैलालीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

घोडघोडी नगरपालिका–२ अन्तर्गत घोडाघोडी नगर अस्पताल नजिकको भित्री सडकमा भएको दुर्घटनामा ८ वर्षीय गोविन्द बिष्टको ज्यान गएको हो।

प्रहरीका अनुसार गोबिन्द बौनियास्थित सनराइज बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत थिए। विद्यालयबाट बिदा भएपछि स्कुल बसमार्फत घर आइरहेका बालकलाई बसबाट झार्ने क्रममा सोही विद्यालयको मप्र०३–००१ क २९४१ नम्बरको बसले ठक्कर दिएको थियो।

साडेपानीका ५७ वर्षीय भागीराम चौधरीले चलाएको बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनापछि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode