Techie IT
  • १ पुस २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

सिद्धेश्वरी माविको वार्षिक उत्सव भोलि, अक्कलबहादुरले उद्घाटन गर्ने


सिद्धेश्वरी माविको वार्षिक उत्सव भोलि, अक्कलबहादुरले उद्घाटन गर्ने

अछाम:  अछामको तुर्माखाँद गाउँपालिका–८, धमालीस्थित श्री सिद्धेश्वरी माध्यमिक विद्यालयको वार्षिक उत्सव कार्यक्रम भोलि आयोजना हुँदैछ।

विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री अक्कल बहादुर रावल प्रमुख अतिथिका रूपमा सहभागी हुन धमाली आउने विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रममा विद्यार्थीहरूको विविध प्रतिभा प्रस्तुति, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरिनेछ।

साथै विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी शैक्षिक सत्रका लागि तय गरिएका योजना र कार्यक्रमबारे जानकारी दिइनेछ।

कार्यक्रम भोलि बिहान ११ बजेदेखि विद्यालय प्राङ्गणमा सुरु हुने जनाइएको छ।

विद्यालय परिवारले अभिभावक, शुभेच्छुक तथा स्थानीय समुदायलाई कार्यक्रममा उपस्थित भई उत्सव सफल बनाउन आग्रह गरेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode