Techie IT
  • १ पुस २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अस्ट्रेलियाको बोन्डी समुन्द्री तट गोली काण्डमा १५ जनाको ज्यान गयो


अस्ट्रेलियाको बोन्डी समुन्द्री तट गोली काण्डमा  १५ जनाको ज्यान गयो

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको बोन्डी बिच (समुद्री तट)मा हिजो भएको गोली काण्डमा ज्यान गुमाउनेको सङ्ख्या कम्तिमा १५ जना पुगेको छ । घटनामा झन्डै ३० जनाभन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमा १० वर्षीया बालिकादेखि ८७ वर्षसम्मका वृद्ध रहेका बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यहूदी समुदायलाई लक्षित गरी आक्रमण गरेको भन्दै निन्दा गर्नुभएको छ । यसलाई अस्ट्रेलियाको प्रहरीले आतङ्कवादी घटना भनेको छ । ज्यान गुमाउनेमा फ्रान्स र इजरायलका नागरिकहरु पनि रहेका छन् । घटनापछि स्थानीय समुदाय शोकमा डुबेको छ ।

सार्वजनिक भएको भिडियोमा एक सर्वसाधारण नागरिकले आक्रमणकारीबाट बन्दुक खोस्दै गरेको देखिन्छ । प्रहरीले घटनामा एक जना आक्रमणकारीको पनि ज्यान गएको बताएको छ ।

न्यु साउथ वेल्सका प्रहरी प्रमुख क्रिस मिन्सका अनुसार अर्का एक जना आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समुद्री किनारमा एक कार्यक्रम चलिरहेका बेला गोली चलेको खबरमा उल्लेख छ । यद्यपि, आक्रमणको सम्बन्ध कार्यक्रमसँग सम्बन्धित भए नभएको बारे अझै पुष्टी भएको छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode