खानेपानी कार्यालयका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डाै – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख भोलाप्रसाद थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले हरिगाउँका लागि खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।
अख्तियारले थापासहित तत्कालीन इन्जिनियर वसन्तकुमार दुलाल, अधिकृत माधवप्रसाद तिमिल्सेना, तत्कालीन सब–इन्जिनियर नुतन आचार्य, लेखापाल मनोज विष्ट र जयकाली ड्रिलिङ्स कन्स्ट्रक्शन एन्ड सप्लायर्स प्रालि र यसका सञ्चालक शेखर शर्माविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूविरुद्ध ११ लाख ११ हजार ८ सय ४४ रुपैयाँ बिगो कायम गरेको छ ।

थापा पश्चिम रैवारको डेस्क सम्पादक हुन् । उनी समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : समाचार





प्रतिक्रिया