रास्वपा अछामका क्षेत्रीय सभापति बटाला एकलाख रुपैयाँ धरौटीमा रिहा
अछाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछाम क्षेत्र नं. १ का क्षेत्रीय सभापति भरत चन्द बटाला एकलाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
विद्युतिय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला अदालत अछामबाट पक्राउ पुर्जी जारी भई आइतबार प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
रामारोशन गाउँपालिकामा कार्यरत एक कर्मचारीविरुद्ध सामाजिक सञ्जालमा मनपरी स्टाटस लेखेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
सोमबार जिल्ला अदालत अछाममा पेश गरिएका बटालालाई अदालतले एकलाख रुपैयाँ धरौटी रकम बुझाई रिहा गर्ने आदेश जारी गरेको हो।
धरौटी बुझाएपछि उनी प्रहरी हिरासतबाट स्वतन्त्र भएका छन्।
र, यो पनि :
रास्वपा अछामका क्षेत्रीय सभापति बटाला प्रहरी नियन्त्रणमा : यस्तो छ कारण

क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम





प्रतिक्रिया