देशभरको मौसम आंशिक बदली, पानी नपर्ने
देशभरको मौसम आंशिक बदली छ । आकाश केही धुम्मिएको छ । हिजो बेलुकादेखि देशैभर पश्चिम वायुको आंशिक प्रभाव छ ।
जसले गर्दा काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँमा केही मात्रामा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम आंशिक बदली भए पनि दिउँसो कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । बेलुकापछि मौसम केही फेरबदल हुन सक्ने सम्भावना छ ।
आज राति गण्डकीको हिमाली भागको एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली हुन सक्ने अनुमान छ ।

थापा पश्चिम रैवारको डेस्क सम्पादक हुन् । उनी समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : समाचार






प्रतिक्रिया