नेकपाको एकता सन्देश अभियान डडेल्धुराबाट, भीम रावलले सम्बोधन गर्ने
डडेल्धुरा : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले डडेल्धुराबाट सुदूरपश्चिममा ‘वृहत् एकता सन्देश अभियान’ सुरु हुने गर्ने भएको छ।
शनिबार माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता–कार्यकर्ताहरूको सहभागितामा सम्पन्न तयारी बैठकले मंसिर २४ गते डडेल्धुराको बसपार्कमा अभियानको औपचारिक उद्घाटन सभा गर्ने निर्णय गरेको हो।
कार्यक्रमलाई प्रभावकारी बनाउन उमेश भट्ट ‘विकास’, सुरेन्द्र बिष्ट र कबिन्द्र बिष्टको नेतृत्वमा मुल आयोजक समिति गठन गरिएको छ।
सभामा प्रमुख अतिथि भीम रावल रहनेछन् भने खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाहलगायत शीर्ष नेताहरूको उपस्थिति रहनेछ।

क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम






प्रतिक्रिया