Techie IT
  • २१ मंसीर २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

गाउँ छोडियो, देश छोडियो.. तर सपनाले कहिल्यै छोडेन


गाउँ छोडियो, देश छोडियो.. तर सपनाले कहिल्यै छोडेन

सधैंजसो मेरो मनमा एउटा प्रश्न उठ्थ्यो युवाको भरपर्दो आवाज कसरी बन्ने होला ? आवाजविहीनहरूको आवाज बोक्ने साहस लिएर समाजको यात्रामा कसरी अघि बढ्ने होला ?तर मेरो सोच गन्तव्यविनाको यात्रु जस्तै दौडिरहन्थ्यो,हातमा ठूलो पद थिएन,शक्तिको ठुलो चाबी थिएन ।

थियो त केवल एउटा ठूलो इच्छा- “देशले न्याय पाओस्, युवाले अवसर पाओस्, आम नागरिकले सम्मान पाओस्।”म यस्तो समाज हेर्न चाहन्थेँ जहाँ कुनै युवाले बेरोजगारीको कारण आफ्नो दिदी–आमाको सामु लाजले झुक्न नपरोस्, भ्रष्टाचार सत्ताको चाबीबाट होइन,न्यायको तराजुबाट नापियोस् ।

मेरो सपना ठूलो थियो, तर प्रायः ढोकाहरू बन्द थिए । एकातिर बुढा बा–आमाको चाउरी पर्दै गएको अनुहार,अर्कोतिर साना छोरा छोरीको आँखामा भरिएको आशा , यिनै जिम्मेवारीले मन भारी बनाइरहन्थ्यो । त्यसमाथि आफन्तका घुमाउरा शब्दहरूले चसक्क मनमा घोच्थे । गाउमा बसेर केही गरौ भनेनि उपलब्ध स्रोत आफुसङ्ग थिएन न राम्रो वातावरण थियो न बाक्लो बस्थी थियो न सडकको पहुचमा बसोबास नै ।

अछाम जिल्लाको दुर्गम मानिएको रामारोशन गाउपालिका अन्तरगत बिकट क्षेत्र मध्येको सुतार -७ अझ स्थानीय सरकारको नजरमा नपरेको सुतार-७ भित्रकै मेरो काडागाउ टोल जुन भौगोलिक बिकटताले अति नै दुर्गम टोल जहाँ लगानी गरौ भने नि लगानी गरे बराबर आम्दानी आउने सम्भावना नै नहुने जस्तो प्राकृतिक सुन्दरताले भने भरिपुर्ण मनमोहक नै छ ।

देशको राजनीतिक प्रणाली बदलिनु त आवश्यक थियो,तर बदलिनुको नाममा झनै विकृति बढ्दै गएको मैले आफ्नै आँखाले देखें, भोगेँ पनि।
योग्यको मूल्यांकन नहुने,चाकरी गर्नेहरू सम्मानित, आसेपासेको चलखेलले बढेको भ्रष्टता यी सबैले मन निराश बनाइरहन्थ्यो । सही समयमा सही व्यक्तिलाई चिन्ने नेतृत्व किन दुर्लभ हुन्छ? सही काम गर्न चाहने मान्छेलाई किन पटक–पटक निराश बनाइन्छ? यी प्रश्नहरूले सधैं मन पोलिरहन्थ्यो ।

युवालाई “देश नछोड, गाउँमै केही गर” भनेर सम्झाउने म,अन्ततः हरियो पासपोर्ट र झोलाभरि प्रमाणपत्र बोकेर देश छोड्न लाइनमा उभिन बाध्य भएँ । हजारौँ युवाको भीडमा उभिँदा मनले भनेको थियो चन्द्र तिम्रो “यो मेरो हार होइन।” देश छोडेर जानु मेरो सपना कहिल्यै थिएन,तर भ्रष्ट शासनले नदिएको सम्मान,नेतृत्वले नदिएको अवसर,सिस्टमले नदिएको मूल्यांकनले मलाइ यहाँसम्म ल्यायो। तर म हारेको छैन ।

अझै हिम्मत छ, आट छ, साहस छ। आज देश देखि मात्र टाढा छु, तर अनुभव, परिपक्वता र दृढ संकल्पसँगै अरूभन्दा अझ बलियो भएर फर्किने शपथ मनमा बोकेको छु । देश परिवर्तन एक–दुई व्यक्तिले होइन,हामी सबैले मिलेर गर्छौं।तपाईं समाजलाई उठाउनुहोस्,समाजले तपाईंलाई उठाइदिन्छ । यदि नेतृत्वले मूल्यांकन गरेन भने,यदि भ्रष्ट प्रणालीले ढोका बन्द गर्‍यो भने युवाहरूको एकताले अर्को ढोका खोलिदिन्छ। हामी योग्य छौँ, अवसर नदिए पनि हामी आफैं अवसर बनाउँछौँ।

मेरो समाजलाई हार मान्ने अधिकार छैन । यो समाज युवाले उठाउने समाज हो । त्यसैले आज म एकै कुरा भन्छु । मेरो गाउँ मेरो ठाउमा अब हामी फर्किन्छौँ,हामी लड्छौँ,हामी बनाउँछौँ ।

चन्द्र भण्डारी
रामारोशन गाउँपालिका सुतार हाल प्रदेशी ।।


क्याटेगोरी : विचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode