Hikmat Acharya
  • ११ मंसीर २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा युवासङ्घ र जेनजीबिच झडप, केही जेनजी घाइते


धनगढी : धनगढीमा नेकपा (एमाले) का नेता महेश बस्नेत पुग्दा केही तनाव भएको छ।

बस्नेतको विरोधमा जेनजीहरू प्रदर्शन गरेपछि अवस्था केही तनावपूर्ण बनेको हो। नेता बस्नेतको विरोधमा धनगढीको जेनजी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

एमाले पोलिटब्युरो सदस्य नेता बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लग्ने क्रममा जेनजी मार्गनजिकमा जेनजी युवा र एमालेको भातृसङ्गठन युवाबिच सामान्य झडप भएको थियो।

प्रहरीको सुरक्षा घेरामा रहेका केहि जेनजीहरूलाई समान्य चोटपटक लागेको जेनजी नेताहरूले बताएका छन्। सो क्रममा धनगढी–४ की जेनजी अगुवा सरिता जोशीसँगै केही युवाहरू घाइते भएका छन्।

उनको हात भाँचिएको बताइएको छ। जेनजीहरूले विभिन्न नारा लगाउँदै नेता बस्नेतको विरोध गरेका थिए। धनगढीमा आयोजित युवा सङ्घको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न बस्नेत कैलाली पुगेका हुन्।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode