बझाङकी कमला करेन्ट लागेर कैलालीमा अस्ताइन
धनगढीः बझाङकी एक महिलाको करेन्ट लागेर कैलालीमा ज्यान गएको छ।
ज्यान गुमाउनेमा कैलालीको घोडाघोडी नगरपालिका–१ लक्ष्मिपुर माइतिघरमा आएकी बझाङकी ४२ वर्षीया कमला विक रहेकी छन् ।
नल्कामा मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मंगलवार मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएकी विकलाई उपचारको लागी घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। सो सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ।a
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया