Hikmat Acharya
  • ११ मंसीर २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

दीपेन्द्रसिंह चम्किदा सुदूरपश्चिमसँग हार्‍यो कर्णाली


काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको धारिलो बलिङले कर्णाली याक्स ४५ रनले पराजित भएको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णालीलाई सुदूरपश्चिमले १९ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा बनाएको हो ।

यो सुदूरपश्चिमको शतप्रतिशत तेस्रो जित हो । यस टिमले पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजलाई हराएको थियो । कर्णालीले भने तीन खेलमा दुई हार सहेको छ ।

यसअघि कर्णालीले लुम्बिनी लायन्ससँग जित निकालेको थियो भने चितवन राइनोजसँग हार बेहोरेको थियो । बलिङ निर्णायक रहेको यस खेलमा सुदूरपश्चिमका कप्तान ऐरीले ओपनरद्वय प्रियांक पञ्चाल र मार्क वाटको महत्तवपूर्णसहित चार विकेट लिए ।

प्रियांकले पाँच बलको सामना गर्दा रनको खाता खोल्न सकेनन् । मार्क १० बलमा १७ रन जोडेर आउट भए । मार्क जारी सिजनको सर्वाधिक रनकर्ता हुन् । मार्कले लुम्बिनी लान्यसविरुद्ध अविजित ११४ रन प्रहार गरेर रेकर्ड बनाएका हुन् ।

सिजनको एक्लो शतक हान्ने मार्क नै हुन् । सिजनको दोस्रो रनकर्ता प्रियांक पञ्चाल हुन् । उनले चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए । तत्कालीन समयका सर्वाधिक रनकर्ता पञ्चालको रेकर्ड आफ्नै टिमका मार्कले तोडेका थिए । ऐरीले ब्याटर नजिबुल्लाह जद्रानलाई पनि सस्तैमा आउट गराए ।

जद्रानले ४ बल खेलेर १ रन मात्रै जोडे । पहिलो विकेट झरेपछि ब्याटिङमा गएका विलियम बोसिस्टोलाई सुदूरपश्चिमका हेमन्त धामीले ३ रन जोडेको अवस्थामा आउट गरे । विलियमले ९ बल खर्चिए । कर्णालीबाट सर्वाधिक २७ रन जोड्ने पवन सर्राफ सुदूरपश्चिमका अभिनास बोहोराको बलिङमा क्याच आउट भए ।

अभिनासले ३ ओभर २ बल बलिङ गर्दा २ विकेट लिँदै १४ रन दिए । स्कट कुगेलेइजनले किफयाती बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दा १ विकेट लिएर मात्रै ९ रन दिए । हर्मित सिंहले २ विकेट लिए । १ ओभर बलिङ गर्दा उनले ६ रन दिएर १ विकेट लिए । हेमन्त धामीले २ ओभर बलिङ गर्दा एक विकेट लिएर ११ रन खर्चिए ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode