Hikmat Acharya
  • ९ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा प्रहरीको स्वीप अपरेसन : एक हप्तामा १४९ जना पक्राउ


कैलाली : कैलाली प्रहरीले एक हप्तामा १४९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय र सो कार्यालय मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले मङ्सिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको स्वीप अपरेसनबाट १४९ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद तथा जरिवाना तिर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन्।

पक्राउ परेका फरार प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको सिंहले बताएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode