बूढीगङ्गा नदीमा पक्की पुल माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र
बाजुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बूढीगङ्गा नदीमा पक्की पुल र निर्माणाधीन मालागाड पुलको काम अगाडि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
त्रिवेणी नगरपालिका–४ तोलीमा आजदेखि सुरु भएको बडीमालिका मष्टो देवल ज्ञान विज्ञान धार्मिक महायज्ञको उद्घाटनका लागि यहाँ पुगेका मुख्यमन्त्री शाहलाई आज बुढीगङ्गा नगरपालिकाका र नेपाली कांग्रेस त्रिवेणी नगर कार्यसमितिले ज्ञापनपत्र बुझाएका हुन् ।
बूढीगङ्गा नदीमा पक्की पुल निर्माणको ठेक्का लागिसके पनि काम अगाडि नबढेको भन्दै तत्काल कार्य काम गर्ने वातावरणका लागि आग्रह गरिएको र मालगाडमा पुल निर्माणाधीन अवस्थामा रहे पनि विभिन्न कारणले काम सम्पन्न नभएको भन्दै ध्यानाकर्षण गराइएको हो ।
बूढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँले बुझाइएको पाँचबुँदे ज्ञापनपत्रमा तीनवटा नगर गौरवका सडक निर्माणका लागि बजेट, बार्जुकोट दरबार पुनर्निर्माण र संरक्षणका, कुँडीकोट र बयालचाका दरबार संरक्षण लागि विशेष व्यवस्थापन गर्नुपर्ने बताए ।
धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका र नाटेश्वरी जाने तीर्थयात्रीका लागि फालासैनमा वा बाम्कामा विश्रामस्थल निर्माण गर्नुुपर्नेलगायत माग उल्लेख गरिएको उनले बताए ।
मुख्यमन्त्री शाहले ज्ञापनपत्रमा भनिएका माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि आवश्यक समन्वय तथा सहकार्य गरिने बताएका छन् । vf
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया