Hikmat Acharya
  • ७ मंसीर २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

बाराका एसपी तामाङको सरुवा गरेकोमा ओलीको आक्रोश, बसेका थिए पीएसओ


धनगढी : नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाराका एसपीको सरुवा गरेकोमा आक्रोश व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शन सभालाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध लाग्नेहरूलाई सहयोग नगर्दा एसपीको सरुवा गरेको आरोप लगाए।

एसपीलाई सरुवा गरेर सरकारले हिंसा भड्काउन खोजेको उनको आरोप छ। सरकारले प्रहरीलाई एमाले देख्न थालेको उनको भनाइ छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार बाराका एसपी सन्तोष तामाङलाई हटाएर अर्का एसपी नरेन्द्र कुँवरलाई पठाएको थियो।

एसपी तामाङ ओलीको पीएसओ भएर काम गरेका अधिकृत हुन्।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode