मार्कको शतक, कर्णालीकासँग हार्यो लुम्बिनी
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अन्तर्गतको शनिबारको खेलमा ओपनर मार्क वाटको शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ।
कर्णालीको यो पहिलो जित हो। लुम्बिनीले भने दोस्रो खेलमा आएर हार व्यहोरेको हो। पहिलो खेल जितेको थियो।
लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको थियो । लुम्बिनीले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो ।
कर्णालीका लािग वाटले ४४ बलमा १० छक्का र चौकाको मद्दतले अविजित ११४ रनको योगदान गरे । जारी एनपीएलमा यो पहिलो शतक हो ।
यसैगरी विलियम बोसिस्टोले अविजित २९ र प्रियान्क पन्चालले १२ रन बनाए । दोस्रो विकेटका लागि वाट र बोसिस्टोले अविजित १ सय २३ रनको योगदान गरे ।
लुम्बिनीका लागि एकमात्रै विकेट शेर मल्लले लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४३ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको योगदान गरे । यसैगरी रुबेन ट्रम्पलम्यानले अविजित २९, जेजे स्मिथले २३ र डार्शी शर्टले १९ रन बनाए ।
क्याटेगोरी : खेलकुद, समाचार










प्रतिक्रिया