भरुवा बन्दुकसहित पक्राउ परे बैतडीका चन्द
बैतडीः बैतडी प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४ बगौरा बस्ने गम्भीरबहादुर चन्द रहेका छन्।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको गस्ती टोलीले शुक्रबार पञ्चेश्वर गाउँपालिका–४ महाकाली करिडोर क्षेत्रमा हिँडिरहेका चन्दको साथबाट भरुवा बन्दुक १ थान, बारुद २ डब्बा, ठूला छर्रा ४ वटा, साना छर्रा ३१ वटा, सलाईका ३ बट्टा र १ वटा केप बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया