Hikmat Acharya
  • ६ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

गुप्तचर विभाग गृह मन्त्रालय मातहत फर्कियो


काठमाडौं :  राष्ट्रिय अनुसन्धान विभाग (राअवि)  गृह मन्त्रालय मातहत आएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेसँगै औपचारिक रूपमा गुप्तचरी निकाय राअवि गृह मन्त्रालय मातहत आएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

२०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मातहत रहँदा बेकामे बनेको आरोप लगाउँदै गुप्तचरलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो ।

अन्य विभागहरू पूर्ववर्ती रूपमा फर्किए पनि कानुनी अड्चनका कारण राअवि प्रधानमन्त्री कार्यालय मातहत रहेको थियो। विशेष सेवा ऐनको दफा ४ मा प्रष्ट रूपमा राअवि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने उल्लेख थियो ।

यो बीचमा गुप्तचर निकाय प्रभावकारी नभएर स्वार्थ पूर्ति गर्ने साधन बनेको विश्लेषण गरिएसंगै साढे सात वर्षपछि अध्यादेश जारी गर्दै सुशीला कार्की नेतृत्वको सरकारले यसलाई पुरानै अवस्थामा फर्काएको हो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode