डडेल्धुरामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, तीन घाइते
धनगढी : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
जिल्लाको आलिताल गाउँपालिका–८ गोदाम बजारबाट सोही गाउँपालिकाको वडा नम्बर ५ बाहिरीसैनतर्फ जाँदै गरेको भे १ त ७८५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो।
बाहिरीसैनका २७ वर्षीय भरत रावतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
यस्तै, दुर्घटनामा सोही ठाउँका १९ वर्षीय पवन बिक, २५ वर्षीय तिलक चोखाल र ४ वर्षका सन्तोष रोका घाइते भएका छन्।
बिक र चोखालको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ भने रोकालाई उपचारका लागि धनगढी पठाइएको छ।
ट्याक्टर चालक २७ वर्षीय योगेन्द्र घर्तीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम















प्रतिक्रिया