बझाङको साइपालमा साता नटिक्दै प्रमुख प्रशासकीय अधिकृत सरुवा
बझाङ : वर्षौंदेखि ‘निमित्त’ को भरमा चलेको साइपाल गाउँपालिका फेरि पुरानै अवस्थामै फर्किएको छ।
केही दिनअघि मात्र खटाइएका प्रमुख प्रशासकीय अधिकृत सन्देश जोशी साता दिनमै धादिङस्थित नेत्रावती डबजोङ गाउँपालिकामा सरुवा भएका हुन्।
स्थायी अधिकृत नटिक्ने समस्याले ग्रसित साइपालमा २०७६ पछि आजसम्म कसैले आधा वर्षभन्दा बढी बस्न सकेको छैन।
गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङ भन्छिन्, ‘बल्ल पठाएको अधिकृत तीन दिनमै सरुवा गरिदियो, मन्त्रालयले फोनसमेत उठाउँदैन।’
मन्त्रालयका उपसचिव भीमकान्त पौडेलका अनुसार जोशीले साइपालमा काम गर्न नसक्ने भन्दै निवेदन दिएपछि सरुवा गरिएको हो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम















प्रतिक्रिया