Hikmat Acharya
  • १ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

नाता-गोता भर्तीको खेल

१ सय ३९ अवैध कर्मचारी पाल्न बान्नीगढीले बर्षेनी ३ करोड बढी विकासे रकम उडाउदै


अछामको बान्नीगढी जयगढ गाउँपालिकाले दरबन्दी बाहेकका १ सय ३९ जना अवैध कर्मचारी पालेर वर्षेनी ३ करोड २० लाख रुपैयाँभन्दा बढी विकासे बजेट खर्च गर्दै आएको छ ।

महालेखा परिक्षकले नियम विपरीत कर्मचारी हटाउन बर्षेनी सुझाव दिँदै आएको भए पनि गाउँपालिकाले कुनै सुनुवाइ गरेको छैन । महालेखा परीक्षकको ताजा ताजा प्रारम्भिक प्रतिवेदनमा समेत विकासका लागि छुट्टाइएको रकमलाई मनपरी ढंगले कर्मचारी तिर्न प्रयोग गरिएको भन्दै कडा टिप्पणी गरिएको बताइन्छ । गाउँपालिका निकट स्रोतका अनुसार प्रतिवेदनमा दरबन्दी नभएका कर्मचारीलाई तुरुन्त हटाउन सुझाव दिँदै यस्तो खर्चलाई लगत बेरुजु समेत राखिएको छ ।

तर गाउँपालिका नेतृत्व भने वर्षौँदेखि नाता–गोता, पार्टी नजिकका र सिफारिस व्यक्तिहरूलाई कार्यालय सहयोगी, सरसफाइ कर्मचारी जस्ता नाम दिएर जागिर खुवाउँदै आएको आरोपले झन् बढावा पाउन थालेको छ ।बान्नीगढी जयगढ गाउँपालिकामा एकै स्वास्थ्य चौकीमा ३ जनासम्म सहयोगी राखिनुले पालिका भित्रको अवैध नियुक्तिको स्तर उदांगो पारेको छ ।

गाउँपालिकाको आन्तरिक आम्दानी कुल बजेटको केवल १.१ प्रतिशतमा सीमित छ । यस्तो अवस्थामा विकासे बजेट काटेर अवैध कर्मचारी पाल्नु सुशासनमाथिको कुठाराघात मात्र नभई स्थानीय सरकारको प्राथमिकता नै गलत दिशामा गएको वित्तीय विशेषज्ञहरूको टिप्पणी छ ।

यस्ता मनपरी गतिविधिका कारण जनताको विकास अधिकार कटौती हुँदै गएको छ । स्थानीय तहमा भइरहेको मनपरी भर्नाले संघीयता नै जनविश्वासको भारी बोझमा थिचिएको छ विज्ञहरूको तर्क गर्ने गरेका छन् ।

संघीय सरकारले दरवन्दि बाहेकका कर्मचारी हटाउन परिपत्र गरिसकेको अवस्थामा बान्नीगढी जयगढ गाउँपालिकाले करार कर्मचारी सम्बन्धमा निर्णय गर्न कार्यपालिका बैठक बोलाएको छ ।

यही कार्तिक ३० गते बस्ने कार्यपालिका बैठकले करार कर्मचारी सम्बन्धमा के निर्णय गर्छ भन्ने बिषयमा नागरिकको चाँसो छ । स्रोतका अनुसार गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद कार्यकालको अन्तिम तिर रहेकाले कर्मचारी हटाएर बिवादमा पर्नुभन्दा करार कर्मचारीलाई यथावत् राख्ने मनस्थितिमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

बान्नीगढीको कार्यपालिका बैठक ३० गते : हाकिम परिबर्तनबारे होला त निर्णय ?


क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode