स्व.धर्मपत्नी चन्द्राको स्मृतिमा ठकुल्लाले गरे ५० हजारको अक्षयकोष स्थापना
अछाम : अछामको तिमिल्सैनस्थित अलकनन्दा माध्यमिक विद्यालयमा समाजसेवी तथा निर्माण व्यवसायी टेक बहादुर ठकुल्लाले आफ्नी स्वर्गीय धर्मपत्नि चन्द्रादेवी ठकुल्लाको सम्झनामा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
क्यान्सर रोगबाट पीडित चन्द्रादेवीको गत असोज ११ गते ४९ वर्षको उमेरमा निधन भएको थियो। दिवंगत पत्नीको सम्झनालाई दीर्घकालीन रूपले अर्थपूर्ण बनाउने उद्देश्यसहित स्थापना गरिएको उक्त अक्षयकोषबाट विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नियमित शैक्षिक सहयोग प्रदान गरिने विद्यालयले जनाएको छ।
कोष स्थापना गर्दै ठकुल्लाले आफ्नो जीवनसाथीको सम्झनालाई सामाजिक उत्तरदायित्वसँग जोड्न पाउनु खुसीको विषय भएको उल्लेख गर्दै यो कोषले आर्थिक अभावमा परेको विद्यार्थीलाई उज्यालो भविष्यतर्फ अघि बढ्न मद्दत गर्ने भन्ने विश्वास व्यक्त गरेका छन् । उनले भविष्यमा अक्षयकोषको रकम बढाउदै लिने बताएका छन् ।
विद्यालय प्रशासनले सामाजिक उत्तरदायित्वप्रति ठकुल्लाले देखाएको उदाहरण प्रेरणादायी रहेको प्रतिक्रिया दिएको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया