बान्नीगढीको कार्यपालिका बैठक ३० गते : हाकिम परिबर्तनबारे होला त निर्णय ?
अछाम :बान्नीगढी जयगढ गाउँपालिकाको कार्यपालिका बैठक यही कार्तिक ३० गते आइतबार बिहान ९ बजे बस्ने भएको छ। कार्यपालिका सदस्य तर्क टमट्टाका अनुसार बैठकको एजेन्डामा करार कर्मचारीहरूको करार अवधि सम्झौता सम्बन्धी प्रस्ताव साथै विविध विषय समावेश गरिएको छ।
करार कर्मचारीहरूको म्याद थप गर्ने वा नगर्ने बारे बैठकमा विस्तृत छलफल हुने जनाइएको छ। यस्तै, बैठकमा गाउँपालिकाको ‘हाकिम परिवर्तन’ विषय प्रवेश गर्छ कि गर्दैन भन्नेबारे स्थानीयमा विशेष चासो पैदा भएको छ।
हाल सातौँ तहका अधिकृत झनक रेग्मी बहाल रहे पनि स्वास्थ्य सेवाका बसन्त रावल निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरिरहेका छन्। वरिष्ठ अधिकृतलाई छोडेर जूनियरलाई हाकिम बनाइएको विषय सार्वजनिक सुनुवाइमै प्रश्न बनेको थियो।
गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको इच्छाअनुसार रावललाई आर्थिक अधिकारसहित निरन्तर हाकिममा राखिएको आरोप पनि उठ्दै आएको छ।
सार्वजनिक सुनुवाईमा भने अध्यक्ष साउँदले संघीय मामिलाले नयाँ अधिकृत खटाईसकेकाले हाकिम परिबर्तनको कुरा ओझेलमा परेको र नयाँ हाकिम नआए नियमानुसार सिनियरलाइ नै हाकिम बनाउने प्रतिबद्दता व्यक्त गरेका थिए ।
अब कार्यपालिका बैठकले हाकिम परिवर्तनबारे कुनै निर्णय लिन्छ कि लिँदैन भन्नेबारे स्थानीयस्तरमा चासो बढेको छ।


साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राष्ट्रिय, समाचार, सुदूरपश्चिम















प्रतिक्रिया