Hikmat Acharya
  • १३ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

हातहतियार मुद्दामा फरार अछामका मने धामी पक्राउ


अछामः हातहतियार तथा खरखजना मुद्दामा फरार अछामका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत अछामको मिति २०८२ श्रावण ३० गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ३ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएपछि फरार रहेका अछामको मेल्लेख गाउँपालिका–२ बस्ने मने धामी पक्राउ हुन्।

धामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले बिहीवार जिल्ला अछामको मंगलसैन नगरपालिका–५ को मंगलसैन बजारबाट पक्राउ गरेको जनाएको छ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode