डोटीका सीडीओ जोशी र अछामका सहायक सीडीओ परियारको सरुवा, अरु को–को भए ?
धनगढी : गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ठूलो प्रशासनिक हेरफेर गर्दै सहसचिव र उपसचिवस्तरका ५८ जनाको सरुवा गरेका छन्।
मन्त्रीस्तरीय निर्णयअनुसार अधिकांश जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर सरुवा गरिएको छ। उनको स्थानमा कल्पना घिमिरे नेपाललाई पठाइएको छ, जो यसअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत थिइन्।
त्यस्तै, डोटीकै सहायक प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेको पनि सरुवा भई उनी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा गएका छन्।
यस्तै, इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत उपसचिव कृष्ण थापालाई जिल्ला प्रशासन कार्यालय बैतडी सरुवा गरिएको छ। उनका स्थानमा गृह मन्त्रालयबाट उपसचिव तारानाथ पनेरुलाई टीकापुर पठाइएको हो।
त्यसैगरी, अछामका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारलाई जिल्ला प्रशासन कार्यालय सुनसरी सरुवा गरिएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया