Hikmat Acharya
  • १३ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कर्मचारी तलबविहीन, डडेल्धुरा अस्पतालको सेवा अस्तव्यस्त, मेसु विदेशमा मस्त !


धनगढी : संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल हाल व्यवस्थापन संकटमा फसेको छ। ११ संघीय अस्पतालमध्ये तेस्रो श्रेणीमा पर्ने यो अस्पतालमा सेवा र प्रणाली दुबै अस्तव्यस्त बन्दै गएको स्थानीयवासीहरूको गुनासो छ।

अस्पताल प्रमुख (मेसु) डा. देवकोटा दशैंअघि नै अस्पतालबाट बाहिरिएकी थिइन्। अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार उनी भारत उपचारका लागि गएकी हुन्।

तर, अस्पतालका कर्मचारीहरु भने उनी तिहारपछि अस्ट्रेलिया भ्रमणमा गएको बताउँछन्। उता, अस्पतालका कर्मचारीहरू चार महिनादेखि तलब नपाएर आर्थिक संकटमा परेका छन्।

तलब रोकिँदा उनीहरू ऋण र जरिवानाको चपेटामा परेका छन्। एक कर्मचारीले दुखेसो पोख्दै भने, ‘हामीमध्ये धेरैले ऋण लिएका छौँ। तलबकै भरमा मासिक किस्ता तिर्नुपर्छ। तलब नआएपछि उल्टै जरिवाना तिर्नुपर्ने अवस्था छ। तिहारजस्तो ठूलो चाड पनि अरूँगै ऋण मागेर मनाउनु परेको छ।’

अस्पतालको सेवा अवरुद्ध हुँदै गएको र आर्थिक प्रशासनिक पक्ष कमजोर बन्दै जाँदा, ‘संघीय अस्पताल’ भन्ने नामको मान मात्र बाँकी रहेको स्थानीयवासीको टिप्पणी छ।

पाँच महिनादेखि ठूलो एक्सरे मेसिन बिग्रिएर ठप्प हुँदा बिरामीहरू उपचारका लागि धनगढीसम्म धाउन बाध्य भएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode