Hikmat Acharya
  • २५ कात्तिक २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बाइपास गर्दै दर्नामा राष्ट्रिय विद्युतको उद्घाटन


अछाम । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा गाउँपालिकाका शीर्ष जनप्रतिनिधिलाई बाइपास गर्दै राष्ट्रिय विद्युत प्रसारण लाइनको उद्घाटन गरिएको छ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र उपाध्यक्ष बिन्दु रावललाई बेवास्ता गर्दै सोमबार दर्ना लघु जलविद्युत सहकारी संस्थाको पहलमा राष्ट्रिय प्रसारण लाइनको औपचारिक उद्घाटन गरिएको हो।

सहकारीका अध्यक्ष ललित बहादुर साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख हिक्मत बहादुर बी.सी.ले उद्घाटन गरेका हुन्।

वडा अध्यक्ष र गाउँसभा सदस्यहरूलाई कार्यक्रममा सहभागी गराइए पनि गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद, उपाध्यक्ष बिन्दु रावललाई भने निमन्त्रणा नै नगरिएको पाइएको छ।

कार्यक्रमका अध्यक्ष ललित बहादुर साउँदका अनुसार गाउँपालिकाले दर्ना लघु जलविद्युत योजनाको बक्यौता रकम भुक्तानीमा गरि छिटो छरितो राष्ट्रिय लाईन बिस्तार गर्ने कार्यमा उचित सहयोग नगरेकाले अध्यक्ष र उपाध्यक्षलाई कार्यक्रममा नबोलाइएको हो।

यस घटनाले गाउँपालिकाभित्र राजनीतिक र सामाजिक रुपमा चर्चा र असन्तुष्टि उत्पन्न गरेको छ। कतिपय जनप्रतिनिधिले गाउँपालिकाको नेतृत्वलाई बेवास्ता गरेर गरिएको उद्घाटनलाई असभ्य व्यवहार भनेका छन् भने केहीले दर्ना विद्युत योजनाप्रति गाउँपालिकाको उदासिनता कारण भएको प्रतिक्रिया दिएका छन्।


क्याटेगोरी : पालिका, राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode