Hikmat Acharya
  • १९ कात्तिक २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

जन्मदिनमा उदाहरणीय काम : युनिसद्वारा विद्यालयमा ५१ हजारको अक्षय कोष स्थापना


अछाम : सामान्यतया जन्मदिन मनाउने चलन केक र पार्टीमा सीमित हुने गर्दछन् । तर अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बरदादेवी जयगढका युवा युनिस शर्माले आफ्नो जन्मदिनलाई समाजसेवामुखी कार्यमा रूपान्तरण गरेर उदाहरणीय सन्देश दिएका छन्।

२२औँ जन्मदिनको अवसरमा युनिसले सरस्वती माध्यमिक विद्यालय जयगढमा ५१ हजार रुपैयाँ बराबरको “नरप्रसाद–सूर्यकला स्मृति अक्षय कोष” स्थापना गरेका छन्। हाल रोजगारीका सिलसिलामा बिदेशमा रहेका उनले आफ्ना स्वर्गीय हजुरबुवा नरप्रसाद शर्मा र हजुरआमा सूर्यकला शर्माको सम्झनामा उक्त कोष स्थापना गरेको बताए।

विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर कुँवरको अध्यक्षता र वडा नम्बर ३ का अध्यक्ष नवराज साउँदको प्रमुख आतिथ्यतामा चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।

समारोहमा युनिसकी आमा अञ्जु शर्माले ५१ हजार रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेकी थिइन्।

अक्षय कोषबाट आगामी दिनमा गरिब र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिका माध्यमबाट सहयोग पुर्‍याइने योजना रहेको युनेसका ठुलाबुवा हर्कराज शर्माले जानकारी दिए।

युवावस्थामै सामाजिक उत्तरदायित्व बोध गर्दै युनिसले गरेको यो कार्यले गाउँका अन्य युवाहरूका लागि पनि प्रेरणादायी उदाहरण बनेको वडा अध्यक्ष नवराज साउँदले बताएका छन्।

युनिस यसअघि देखि नै सामाजिक कार्यमा सक्रिय रहेका छन् । उनले बान्नीगढीका युवाहरुलाइ खेलकुद क्षेत्रमा र जयगढका आगलागी पिडितलाइ पनि विभिन्न आर्थिक सहयोग गरिसकेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode