Hikmat Acharya
  • २० कात्तिक २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिम रोयल्समा अनुबन्ध भए अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउन


धनगढी : दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले चौथो विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ।

ब्राउन बिग बास लिगका अनुभवी खेलाडी हुन्। एनपिएलका लागि सुदूरपश्चिमले स्कट कुगेलिजन, क्रिस लिन तथा हर्मित सिंहलाई विदेशी खेलाडीका रूपमा अगाडि भित्र्याएको थियो।

टोलीमा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, ईशान पाण्डे, टेक रावत, नरेश साउद र दीपेन्द्र थापा छन्।

अस्ट्रेलियन खेलाडी जोसले एनपिएलमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरेका छन्।

‘एनपिएल खेल्न अवसर पाउँदा धेरै खुसी लागेको छ,’ उनले सोसल मिडियामा भनेका छन्, ‘यहाँको लिगबाट म उत्साहित छु। नेपाली समर्थकलाई छिट्टै भेट्नेछु।’

सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले जोसले बिग बासमा फरक छाप छाडेको बताए।

‘हामीले अस्ट्रेलियाको चर्चित लिग बिग बासकै उत्कृष्ट खेलाडीलाई ल्याएका छौँ र उसले नेपालमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा लिएका छौँ।’

दायाँहाते अफ ब्रेक बलिङ गर्ने जोसले टी–२० फर्म्याटमा एक शतकीय इनिङ्स खेलेका छन्। उनले ४० टी–२० खेलमा नौ सय ४५ रन बनाएका छन्।


क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode