बैतडीको शिवनाथ मेलाबाट फर्किएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
बैतडीको शिवनाथ मेलाबाट फर्किएको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
बैतडी– बैतडीको शिवनाथ धाममा लागेको मेलाबाट फर्किने क्रममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ४ जना घाइते भएका छन् ।
गयराती से १ ज ७३२ नम्बरको बालेरो जीप मेलौली नगरपालिका– ७ स्वाखानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मेलौली नगरपालिका– २ दुर्गास्थान स्वाडीकी २४ वर्षीया तुलसी पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर बल्देब बडुले बताए ।
उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो ।
घाइते हुनेमा जीप चालक दरशथचन्द नगरपालिका– ७ सुर्कालका ३२ वर्षीय जनकराज बडु, मेलौली नगरपालिका– २ का ६५ वर्षीय डम्बर पाण्डेय, उनका दुई छोरा ३४ वर्षीय हरि पाण्डेय र २८ वर्षीय ओमप्रकास पाण्डेय रहेका छन् ।
जीप चालक बाहेक मृतक र घाइते सबै एकै परिवारका रहेको इन्सपेक्टर बडुले बताए ।
घाइते गाडी चालक जनकराज बडु बाहेक अन्य तीन जनाको अवस्था सामान्य रहेको बुझिएको छ । चालक बडुको टाउकोमा चोट छ । घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।
जीप सडकबाट करिब १० मिटर तल खसेको इन्सपेक्टर बडुले बताए ।
दुर्घटनाको कारण भने खुलेको छैन घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया