Hikmat Acharya
  • १३ कात्तिक २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमका दुईसहित १५ प्रहरी सम्पर्कविहीन


धनगढी : दुई जना प्रहरी हबलदारसहित १५ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १५ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो।

गैर हाजिर हुनेमा दुई जना हबलदार, दुईजना सहायक हबलदार, एकजना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन्।

लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना :


क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode