१ अर्ब ठगी आरोपमा एमालेका पूर्वसांसद भट्टचन पक्राउ
काठमाडौं: प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन्।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवप्रसाद श्रेष्ठले उनलाई मंगलबार राति पक्राउ गरिएको पुष्टि खबरहबलाई गरे। ‘अहिले अपरेशन चलिरहेको छ।
भट्टचनलाई हाम्रो टोलीले नियन्त्रणमा लिइसकेको छ’, उनले भने, ‘कार्यालयबाट खटिएको टोलीले कागजपत्रसमेत जफत गरिरहेकाले यसबारेमा भोलिमात्रै विस्तृत जानकारी उपलब्ध हुनेछ।’
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया