Hikmat Acharya
  • १२ कात्तिक २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

दार्चुला घर भएका प्रहरी जवान थापाको हत्यामा संलग्न थप २ जना पक्राउ


धनगढी : जेनजी आन्दोलनका क्रममा  दार्चुला लेकम गाउँपालिका ३, गुमाखोली घर भइ प्रहरी वृत्त महाराजगन्जका जवान उत्तम थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन्।

प्रहरीले सोमबार सिन्धुली घर भई सुकेधारा बस्दै २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा घर भई मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङलाई पक्राउ गरेको हो।

उनीहरुले प्रहरी जवान थापामाथि कुटपिट गर्नुको साथै प्रहरी वृत्तमा आगजनी तथा तोडफोड समेत गरेको आरोप छ।

उनीहरूलाई दुबै जनालाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरिसकेको छ।

दार्चुला घर भएका थापाको जेनजी आन्दोलनको क्रममा २४ भदौमा हत्या भएको थियो। उनलाई कुटिकुटी हत्या गरिएको थियो।

उनी प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए। महाराजगञ्जमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी हवल्दार अमृत गुरुङ पनि हत्या भएको थियो।


क्याटेगोरी : अपराध, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode