धनगढी सैनिक स्कूलका कर्णेल शिवसहित तीन उच्च अधिकारी नियन्त्रणमा
धनगढी : जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलेपछि नेपाली सेनाका तीन उच्च अधिकारीलाई तिहारअघि सैनिक हिरासतमा राखिएको छ।
हिरासतमा राखिएका अधिकारीमा धनगढी सैनिक स्कूलका कर्णेल शिव भडेल, नरसिंहदल गणका गणपति प्रमुख सेनानी गणेश खड्का र भवानीबक्स गणका कर्णेल तेजेन्द्र मगर छन्।
स्रोतका अनुसार, सेनाले आफ्नो भूमिका ढाकछोप गर्ने प्रयासको रूपमा उनीहरूलाई हिरासतमा राखेको आशंका गरिएको छ।
सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन जलेको घटनामा सेनाको पर्याप्त सतर्कता नदेखिएको, साथै भदौ २३ र २४ मा भएको उपद्रव रोक्न नसकेको आरोपका कारण कारबाही गरिएको हो।
कर्णेल खड्का सिंहदरबारमा प्रचण्ड, माधवकुमार नेपाल र प्रधानन्यायाधीशलाई आश्रय दिएका थिए। तर दिनदहाडै भएको आगजनी रोक्न नसक्दा ठूलो क्षति भयो। पश्चिमी मूलगेटबाट प्रहरीले हवाई फायर गर्दा सेनाको उपस्थिति नदेखिएको समेत आलोचना भएको छ।
कर्णेल तेजेन्द्रमाथि जेलका कैदीबन्दी भाग्दा रोक्न पहल नगरेको आरोप लागेको छ। शिव भडेलमाथि सिंहदरबार जलेको बेला टिकटक बनाएर बस्ने आरोप लागेको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया