Hikmat Acharya
  • १२ कात्तिक २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा लागूऔषधसहित किशोरी र युवक पक्राउ


कञ्चनपुर : भीमदत्त नगरपालिका–४ र–१८ बाट लागूऔषधसहित एक किशोरी र युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–१५ बस्ने २८ वर्षीय अरुण चन्दलाई नियन्त्रणमा लिइएको हो।

चेकजाँच गर्दा उनको साथबाट ५२ मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट एक किशोरीलाई ५ मिलिग्राम खैरो हेरोइन र १ ग्राम २४ मिलिग्राम चरेशसहित पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode