Hikmat Acharya
  • ११ कात्तिक २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

सावित्रा ‘हिरो’ बन्दा भारतलाई उसकै घरमा हरायो नेपालले


काठमाडौं : नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा हराएको छ। सोमबार भएको खेलमा नेपालले भारतलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो।

नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी हुन्। सिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी थिइन्।

यस्तै खेलको २२ औँ मिनेटमा प्रीति राई र ४३ औँ मिनेटमा साम्बाले पाएको अवसरलाई सदुपयोग गर्न चुकेका थिए। यद्यपि खेलको ६३ औँ मिनेटमा साम्बाले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन्।

खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो। त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो।

एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराएको थियो।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode