Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

देउवा र आरजू आज राति उपचारको लागि सिंगापुर जाने


देउवा र आरजू आज राति उपचारको लागि सिंगापुर जाने

धनगढी : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि आज राति सिंगापुर प्रस्थान गर्दै छन्।

श्रीमती डा.आरजू राणा देउवासहित सभापति देउवा राति ११ बजे सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा प्रस्थान गर्ने कार्यक्रम छ।

भदौ २४ गतेको जेन जी विध्वंशको क्रममा बूढानीलकण्ठस्थित निवासमा आक्रमण गरी देउवा दम्पतीलाई घाइते बनाइएको थियो। आगो लगाएर निवास खरानी बनाइएपछि उनीहरु झण्डै तीन साता सैनिक अस्पतालमा उपचाररत थिए।

हाल जावलाखेलस्थित ससुरालीमा बस्दै आएका देउवा असोज २८ गते काँग्रेस केन्द्रीय कार्यालयमा सार्वजनिक भए।

सोही बैठकमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर अहिले उपचारको लागि सिंगापुर जान लागेका हुन्।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode