धनगढीमा गएराति कार दुर्घटना हुँदा तीन जना घाइते
धनगढी : कैलालीको धनगढीमा गएराति कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१३ मा पर्ने धनगढी–अत्तरिया छ लेन सडकखण्डअन्तर्गत एयरपोर्ट मोड नजिकै से १ च १७२५ नम्बरको कार दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार घाइते हुनेमा २८ वर्षीया सनिया चौधरी, ३५ वर्षका रामसाय राना र ३७ वर्षीय उपदेश ठाकुर रहेका छन्।
उनीहरूको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तिव्र गतिमा रहेको कार अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। घटना राति करिब १ बजे भएको बताइएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया